दफा ३२
छलफल वा परामर्श गर्न सक्ने
आयोगले वा आयोगका पदाधिकारीले स्वच्छ र स्वतन्त्र तवरबाट निर्वाचन गर्ने सन्दर्भमा कुनै राजनीतिक दल वा नागरिक समाजका प्रतिनिधि, निर्वाचन सम्बन्धी विज्ञ वा अन्य सम्बन्धित व्यक्ति वा संस्थासँग छलफल वा परामर्श गर्न सक्नेछ ।